पोखरा, २०८२ माघ २४

मिति २०८२ माघ २४ गते, हिसान र हिस्टुनका प्रतिनिधिहरूसँग गण्डकी विश्वविद्यालयमा छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रम गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्र प्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो। यस अवसरमा विश्वविद्यालयको शैक्षिक उन्नयन, अनुसन्धान केन्द्रित शिक्षण प्रणाली, अन्तरसंस्थागत सहकार्य र उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका विषयमा गहन छलफल भएको थियो। उपकुलपति डा. कृष्णराज अधिकारीको विशेष उपस्थिति रहेको कार्यक्रममा विश्वविद्यालयका कानुन तथा व्यवस्थापन संकायका डिन एवं निमित्त रजिस्ट्रार प्रा. हिमराज गिरी, विज्ञान तथा प्रविधि संकायका निमित्त डिन सरोज गिरी, हिस्टुनका केन्द्रीय महासचिव शंकर तिवारी, केन्द्रीय सदस्य सुरज मोहन पोखरेल, सल्लाहकार वावुराम पन्त, महानगर अध्यक्ष यदुनाथ पोखरेल एवं  हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, उपाध्यक्ष ढाकाराम कँडेल, उपाध्यक्ष पुरन कुवँर, कोषाध्यक्ष राजेन्द्रमणि पौडेल तथा गण्डकी प्रदेश अध्यक्ष डा. रामजी शर्मा लगायतको उपस्थिति थियो।

कार्यक्रममा गण्डकी विश्वविद्यालयलाई नवप्रवर्तन, अनुसन्धान र समाजसँगको अन्तरक्रियात्मक सहकार्यमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने आवश्यकतामा विशेष जोड दिइयो। साथै, यस पहलले विश्वविद्यालय र सरोकारवालाबीचको सहकार्यलाई सुदृढ पार्दै शैक्षिक गुणस्तरको दीर्घकालीन अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा समेत व्यक्त गरिएको छ।