गण्डकी विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित उपकुलपति सिफारिस समितिको दरखास्त आह्वान सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मितिः २०८२।०९।०१)
गण्डकी विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदमा नियुक्तिको लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिबाट मिति २०८२।०८।२८ मा स्वीकृत “गण्डकी विश्वविद्यालयको उपकुलपति सिफारिस सम्बन्धी कार्यविधि, २०८२” बमोजिम दरखास्त आह्वान गरिएको छ। योग्य तथा इच्छुक व्यक्तिले उक्त कार्यविधिको अनुसूची-१ मा उल्लेख गरिएको ढाँचा अनुसार फाराम भरी तपसिल बमोजिमको दरखास्त दस्तुर तिरेको भौचर सहित यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १5 (पन्ध्र) दिनभित्र कार्यालय समयमा (१0:00 बजेदेखि ४:00 बजेसम्म) पोखरा महानगरपालिका -17 मुस्ताङचोक स्थित गण्डकी विश्वविद्यालय उपकुलपति सिफारिस समितिको सचिवालयमा दरखास्त पेश गर्नुपर्नेछ। दरखास्त पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा त्यसको भोलिपल्ट दरखास्त दिन सकिनेछ।
सूचना एवम् कार्यविधि सम्बन्धी विस्तृत जानकारी गण्डकी विश्वविद्यालयको वेवसाइट https://www.gandakiuniversity.edu.np बाट प्राप्त गर्न सकिनेछ।
तपसिल
खाताको नामः GANDAKI UNIVERSITY AAYA KHATA
खाता रहेको बैङ्कको नामः NMB BANK LIMITED
शाखाः अमरसिंह चोक पोखरा
खाता नं.1240144424100016
दरखास्त दस्तुरः रु. 3000।(अक्षरुपी तीन हजार मात्र)
भर्ना आवेदन सम्बन्धि सूचना !!!

Gateway to Innovation: BIT & MIT-AI Induction Program

भर्ना आवेदन सम्बन्धी सूचना

विदा सम्बन्धमा

विदा सम्बन्धमा (रजिस्ट्रार कार्यालय)

विदा सम्बन्धमा

MIT-AI भर्ना प्रक्रिया सुचारु सम्बन्धी अत्यन्त जरुरी सूचना ।
Extended Opportunity: New Admission Closing Date (BALLB/BBA/BSM)
