
गण्डकी विश्वविद्यालयको न्यासिक परिषद्को ३५औं बैठक गण्डकी विश्वविद्यालय ऐन, २०७६ को दफा ८(१) बमोजिम २०८३ साल श्रावण २३ गते विश्वविद्यालयको केन्द्रीय कार्यालय, मुस्ताङचोक, पोखरामा सम्पन्न भएको छ । उक्त बैठकमा गत बैठकका निर्णयहरूको पुनरावलोकन, आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम स्वीकृत, अध्यक्षको राजीनामा स्वीकृत, सेवा शुल्क परिमार्जनसम्बन्धी जानकारी तथा विविध विषयमा आवश्यक निर्णयहरू भएका छन् । बैठकले विश्वविद्यालयको प्रशासनिक, आर्थिक र शैक्षिक नीतिगत विषयलाई प्रभावकारी ढङ्गले अघि बढाउने निर्णय गरेको छ । न्यासिक परिषद्को यस बैठकले विश्वविद्यालयको सुशासन र पारदर्शिता थप सुदृढ गर्ने विश्वास व्यक्त गरिएको छ ।