नेपाल सरकार चिकित्सा शिक्षा आयोगको मिति 2078/06/13 मा प्रकाशित चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्ति कोटातर्फको पहिलो म्याचिङ्गको नतिजा तथा विद्यार्थी भर्ना सम्वन्धी सूचना अनुसार वि.फार्मेसी (B.Pharm) कार्यक्रमको छात्रवृत्ति कोटामा यस गण्डकी विश्वविद्यालयमा भर्ना हुनका लागि सिफारिस हुनु भएका सम्वन्धित विद्यार्थीहरुले भर्ना हुनका लागि तपशिलमा उल्लेखित गरिए बमोजिमका आवश्यक कागजातहरु (सक्कल तथा 2/2 प्रतिलिपि) लिई मिति 207८/06/19 गते सम्ममा विद्यार्थी स्वयम् उपस्थित भई यस विश्वविद्यालयमा भर्ना हुन सम्बन्धित सवैलाई यसै सूचनाद्धारा जानकारी गराईन्छ।
भर्ना हुँदा पेश गर्नुपर्ने कागजातहरुः
- प्रवेश परीक्षाको प्रवेश पत्रको सक्कल तथा प्रतिलिपि
- प्रवेशिका परीक्षा ( एस.एल.सी ) वा सो सरहको लब्धाङ्कपत्र, प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रको सक्कल तथा प्रतिलिपि
- 10+2 वा सो सरहको ट्रान्सक्रिप्ट र प्रमाणपत्र (Original Certificate) को सक्कल तथा प्रतिलिपि
- नागरिकताको प्रमाणपत्रको सक्कल तथा प्रतिलिपि
- माईग्रेसन सर्टिफिकेट सक्कल
- आरक्षणका लागि पेश गरेका कागजात
- विदेशी शिक्षण संस्थाबाट उत्तीर्ण गर्नेहरुको हकमा समकक्षता प्रमाण पत्र
- हालसालै खिचेको पासपोर्ट साईजको फोटो 4 प्रति
तपसिल
भर्ना स्थानः गण्डकी विश्वविद्यालय, मुख्य कार्यालय मुस्ताङ्ग चोक, पोखरा
सम्पर्क नम्वरः 061-460251/ 061-460250/ 061460249
भर्ना गर्ने अन्तिम मितिः 2078/06/19 गते कार्यालय समयभित्र।
निर्धारित शुल्कः
छात्रवृत्ति कोटामा छनौट भएका विद्यार्थीहरुका लागि धरौटी रकम रु 8000 र विद्यार्थी कल्याण शुल्क स्वरुप रु 2000।– गरी जम्मा 10000।– (अक्षररुपी रु दश हजार मात्र।)(अन्य शुल्कको हकमा चिकित्सा आयोग र गण्डकी विश्वविद्यालयको नियम अनुसार निर्धारण भए मुताविक हुनेछ।