गण्डकी विश्वविद्यालयमा छलफल कार्यक्रम सम्पन्न

पोखरा, २०८२ माघ २४

मिति २०८२ माघ २४ गते, हिसान र हिस्टुनका प्रतिनिधिहरूसँग गण्डकी विश्वविद्यालयमा छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रम गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्र प्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो। यस अवसरमा विश्वविद्यालयको शैक्षिक उन्नयन, अनुसन्धान केन्द्रित शिक्षण प्रणाली, अन्तरसंस्थागत सहकार्य र उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका विषयमा गहन छलफल भएको थियो। उपकुलपति डा. कृष्णराज अधिकारीको विशेष उपस्थिति रहेको कार्यक्रममा विश्वविद्यालयका कानुन तथा व्यवस्थापन संकायका डिन एवं निमित्त रजिस्ट्रार प्रा. हिमराज गिरी, विज्ञान तथा प्रविधि संकायका निमित्त डिन सरोज गिरी, हिस्टुनका केन्द्रीय महासचिव शंकर तिवारी, केन्द्रीय सदस्य सुरज मोहन पोखरेल, सल्लाहकार वावुराम पन्त, महानगर अध्यक्ष यदुनाथ पोखरेल एवं  हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, उपाध्यक्ष ढाकाराम कँडेल, उपाध्यक्ष पुरन कुवँर, कोषाध्यक्ष राजेन्द्रमणि पौडेल तथा गण्डकी प्रदेश अध्यक्ष डा. रामजी शर्मा लगायतको उपस्थिति थियो।

कार्यक्रममा गण्डकी विश्वविद्यालयलाई नवप्रवर्तन, अनुसन्धान र समाजसँगको अन्तरक्रियात्मक सहकार्यमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने आवश्यकतामा विशेष जोड दिइयो। साथै, यस पहलले विश्वविद्यालय र सरोकारवालाबीचको सहकार्यलाई सुदृढ पार्दै शैक्षिक गुणस्तरको दीर्घकालीन अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा समेत व्यक्त गरिएको छ।

गण्डकी विश्वविद्यालयको उपकुलपति पदमा डा. कृष्ण राज अधिकारी नियुक्त

२०८२ माघ ०७ गते, बुधवार
मुस्ताङ चोक, पोखरा

गण्डकी विश्वविद्यालयको उपकुलपति पदमा सहप्रध्यापक डा. कृष्ण राज अधिकारी नियुक्त हुनुभएको छ। गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी मिति २०८२।१०।०४ को नियुक्ति पत्रअनुसार गण्डकी विश्वविद्यालय ऐन, २०७६ को दफा २५ को उपदफा (४) तथा उपदफा (७) बमोजिम उहाँलाई पाँच वर्षे कार्यकालका लागि उपकुलतिमा नियुक्त गरिएको हो।

नियुक्तिपश्चात्, डा. अधिकारीले गण्डकी विश्वविद्यालयको उपकुलतिको कार्यभार ग्रहण गर्नुभएको छ।उक्त कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्र प्रसाद तिवारीले नवनियुक्त उपकुलपति डा. कृष्ण राज अधिकारीलाई हार्दिक बधाई व्यक्त गर्दै उहाँको कार्यकाल सफल, परिणाममुखी र प्रेरणादायी रहोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो।

डा. अधिकारीसँग त्रिभुवन विश्वविद्यालयमा साढे २८ वर्षको सेवा अनुभव रहेको छ र सौर्य ऊर्जामा विद्यावारिधि (PhD) प्राप्त गर्नुभएको छ। यसअघि उहाँ इन्जिनियरिङ अध्ययन संस्थान, लामाचौरका प्रमुख तथा फिजिकल सोसाइटी गण्डकीका अध्यक्ष समेत रहनुभएको थियो।उहाँको नेतृत्वमा विश्वविद्यालयको शैक्षिक गुणस्तर, अनुसन्धान क्षमता र संस्थागत प्रतिष्ठा अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।

First Gandaki University-Gyeongsang National University Symposium Held

The First Gandaki University-Gyeongsang National University Symposium was successfully organized on January 18, 2026, at the Multipurpose Hall of Gandaki University. The symposium was held in the gracious presence of the Chancellor of Gandaki University, Prof. Dr. Indra Prasad Tiwari, along with the Research Director, Dr. Raj Kumar Thapa, faculty members, staff, and students of the university.
The Korean delegation included Prof. Dr. Sang Hyeok Park from the Department of Entrepreneurship, Gyeongsang National University, Republic of Korea, and Dr. E. Y. Yang, Director of the International Leadership Training Center Pvt. Ltd., Lalitpur, Nepal. Prof. Dr. Park delivered a comprehensive presentation on entrepreneurship and innovation, highlighting global perspectives and best practices. His presentation was followed by an interactive discussion with participants, focusing on various dimensions of nurturing future entrepreneurs in Nepal.
On the same occasion, a Memorandum of Understanding (MoU) was signed between the Beautiful Village Research Institute of Gyeongsang National University and Gandaki University. The MoU aims to establish a collaborative framework for entrepreneurship education, joint research, academic exchange programs, and the development of a startup ecosystem to support youth and aspiring entrepreneurs in Nepal.

मन्त्री तेजु लाल चौधरीको गण्डकी विश्वविद्यालय भ्रमण, खेलकुद व्यवस्थापनलाई सहयोग गर्ने प्रतिबद्धता

पोखरा, २०८२ भदौ २०

नेपाल सरकारका संघीय युवा तथा खेलकुद मन्त्री माननीय तेजु लाल चौधरी आज गण्डकी विश्वविद्यालयको अध्ययन भ्रमणमा आइपुग्नुभयो। भ्रमणका क्रममा उहाँले विश्वविद्यालयको खेलकुद व्यवस्थापनबारे सम्बन्धित पदाधिकारीहरूसँग विस्तृत जानकारी लिनुभयो।

सो अवसरमा गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्र प्रसाद तिवारी, उपकुलपति प्रा.डा. नवराज देवकोटा, रजिष्ट्रार डा. कैलाश तिमिल्सिना, नेपाल ओलम्पिक कमिटी (एनओसी) का संयोजक समिम मिया अन्सारी, कानुन तथा व्यवस्थापन संकायका डिन प्रा. हिमराज गिरी, अनुसन्धान निर्देशक डा. राजकुमार थापा, खेलकुद व्यवस्थापन संयोजक एवं राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य डा. मधुसुदन सुवेदी, अन्तर्राष्ट्रिय मामिला तथा विकास प्रमुख रवि भण्डारी, सहायक प्रशासक डोलराज सुवेदी, योजना तथा विकास शाखा प्रमुख ई. सुदीप कोइराला तथा कास्की जिल्ला खेलकुद विकास समिति प्रमुख डि.बी. नेपाली र सहायक प्रशासक भावना ढकालको उपस्थिति थियो।

कुलपति तिवारीले विश्वविद्यालयका हालसम्मका उपलब्धि, चुनौती र दीर्घकालीन योजनाबारे जानकारी दिँदै विशेषगरी खेलकुद व्यवस्थापन कार्यक्रमलाई राष्ट्रियस्तरमा विस्तार गर्ने आवश्यकता औंल्याउनुभयो। मन्त्री चौधरीले छोटो अवधिमा गण्डकी विश्वविद्यालयले हासिल गरेको उल्लेखनीय प्रगतिप्रति उच्च प्रशंसा गर्दै यसलाई“राष्ट्रिय गौरवको शैक्षिक तथा खेलकुद केन्द्र” बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो —“खेलकुद शिक्षालाई केवल प्रतिस्पर्धासँग मात्र सीमित नराखी, व्यवस्थापन, अनुसन्धान र उद्यमशीलतासँग जोडेर देशभरका युवालाई आकर्षित गर्नुपर्छ। यस अभियानमा मन्त्रालय आवश्यक सबै सहयोग गर्न तयार छ।” साथै उहाँले खेलकुदमार्फत युवालाई कुलतबाट जोगाउन सकिने मात्र नभई यस क्षेत्रलाई आयआर्जनको भरपर्दो श्रोतका रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो।

उपकुलपति देवकोटाले अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सहकार्य गर्दै खेलकुद व्यवस्थापनलाई विश्वस्तरीय शैक्षिक कार्यक्रमको रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि सारिएको जानकारी दिनुभयो। रजिष्ट्रार तिमिल्सिनाले आवश्यक भौतिक पूर्वाधार, बजेटीय सहयोग तथा प्रचार–प्रसारका लागि संघीय सरकारसँग प्रभावकारी सहकार्यको अपेक्षा गर्नुभयो।

यसैबीच, नेपाल ओलम्पिक कमिटी (एनओसी)का संयोजक समिम मिया अन्सारीले नेपालमा नियमित रूपमा खेलकुद मुभमेन्ट सञ्चालन गर्ने र त्यसमा गण्डकी विश्वविद्यालयलाई सक्रिय साझेदार बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै, कास्की जिल्ला खेलकुद विकास समिति प्रमुख डि.बी. नेपालीले आगामी हुने खेलकुदसम्वन्धी जिल्ला  प्रशिक्षकहरूको स्वयंसेवक छनोट प्रक्रियामा गण्डकी विश्वविद्यालयका खेलकुद व्यवस्थापनका विद्यार्थीलाई प्राथमिकता दिनुपर्ने सुझाव राख्नुभयो।

भ्रमणको अन्त्यमा मन्त्री चौधरीले गण्डकी विश्वविद्यालयलाई खेलकुद शिक्षाको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न संघीय मन्त्रालय निरन्तर सहकार्य गर्न तयार रहेको स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो। सोही अवसरमा, कुलपति प्रा.डा. तिवारीले मन्त्रिज्यूको सदिक्षा अनुरूप विश्वविद्यालयले आवश्यक कार्यहरू अघि बढाउने दृढ संकल्प प्रकट गर्नुभयो।

गण्डकी विश्वविद्यालयमा परीक्षा नियन्त्रण कार्यालय भवनको शिलान्यास सम्पन्न

पोखरा,२०८२ भदौ ९ गते (सोमवार)

गण्डकी विश्वविद्यालयले पोखरा-३२, मालेपाटनमा परीक्षा नियन्त्रण कार्यालय भवनको शिलान्यास सम्पन्न गरेको छ। भवनको शिलान्यास गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय बिन्दुकुमार थापाले गर्नुभयो।

कार्यक्रमको अध्यक्षता विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्र प्रसाद तिवारीले गर्नुभएको थियो। सो अवसरमा उपकुलपति प्रा.डा. नवराज देवकोटाले स्वागत मन्तव्य राख्दै भवन निर्माणले विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

शिलान्यास कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी, पोखरा-३२ का जनप्रतिनिधि, स्थानीय आमा समूह, युवा समूह, बुद्धिजीवी तथा विश्वविद्यालयका शुभचिन्तकहरूको सक्रिय सहभागिता थियो। कार्यक्रममा पोखरा-३२ का वडाध्यक्ष श्री अक्कल बहादुर कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्दै यस कार्यले प्रदेशको उच्च शिक्षामा नयाँ ऊर्जा दिने धारणा राख्नुभयो।

प्रमुख अतिथि मन्त्री थापाले गण्डकी विश्वविद्यालय प्रदेशको शैक्षिक विकासको महत्वपूर्ण आधारशिला रहेको उल्लेख गर्दै परीक्षा प्रणालीलाई सहज, पारदर्शी र गुणस्तरीय बनाउन यस भवनको निर्माण अपरिहार्य भएको बताउनुभयो।

विश्वविद्यालयका योजना तथा विकास शाखा प्रमुख ई. सुदिप कोइरालाका अनुसार परीक्षा नियन्त्रण कार्यालय भवन निर्माणको ठेक्का सम्झौता श्रेष्ठ–एस.के.आर.–वास्तु जे.भी., काठमाडौंसँग रु. ४ करोड १५ लाखमा भएको छ। साथै, भवन वि.सं. २०८३ असार महिनासम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको ई. कोइरालाले जानकारी दिनुभयो।

कार्यक्रमको समापनमा अध्यक्ष कुलपति प्रा.डा. इन्द्र प्रसाद तिवारीले सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै औपचारिक रुपमा कार्यक्रम सम्पन्न गर्नुभयो।

Gandaki University’s Dr. Raj Kumar Thapa Appointed as Young Affiliate of TWAS

We are thrilled to share that Dr. Raj Kumar Thapa, Director of the Research Center, Invention and Innovation Center at Gandaki University, has been appointed as a Young Affiliate of The World Academy of Sciences (TWAS) for the Central and South Asia Regions for the term 2025-2030. This prestigious recognition honors Dr. Thapa’s significant contributions to Pharmacy and Pharmaceutical Sciences, locally, regionally, and globally.
TWAS is a merit-based science academy dedicated to advancing science in developing countries, bringing together over 1,400 scientists from more than 100 nations. Headquartered in Trieste, Italy, TWAS promotes sustainable prosperity through research, education, policy and science diplomacy.
The TWAS Young Affiliates Program annually selects up to 25 outstanding scientists under the age of 40 for a six-year tenure. Affiliates engage closely with TWAS Fellows, participate in General Meetings and Conferences, and contribute to initiatives led by TWAS Regional Partners.
Dr. Thapa is a faculty member and the Director of the Research Center, Invention and Innovation Center at Gandaki University. His research focuses on innovative treatments for cancer and chronic wounds using targeted nanoparticles, gene therapy, and antimicrobial delivery systems. He is also recognized among the top 2% of scientists worldwide, according to a ranking by Stanford University and Elsevier (2020-2024).
Expressing his gratitude, Dr. Thapa said:
“Being appointed as a Young Affiliate of TWAS is a great honor. This recognition inspires me to continue addressing global challenges through research, innovation, and collaboration.”
Gandaki University is proud of Dr. Thapa for his outstanding recognition!!!

क्षमता अभिवृद्धि एवं वृत्ति विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम

गण्डकी विश्वविद्यालयको आ.व. २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत विश्वविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु यहि मिति २०८२/०३/१३ गतेदेखी १४ गतेसम्म कृषि अनुसन्धान निर्देशनालय, लुम्ले, कास्कीमा सम्पन्न क्षमता अभिवृद्धि एवं वृत्ति विकास सम्बन्धी प्रशिक्षण कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रारज्यू, उपकुलपतिज्यू, कुलपतिज्यूसँगै  र प्रशिक्षक श्री सुरेश सुवेदी र डा. राजकुमार थापा (क्रमस: बाँयावाट दाँया)

क्षमता अभिवृद्धि एवं वृत्ति विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम

गण्डकी विश्वविद्यालयको आ.व. २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत विश्वविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु यहि मिति २०८२/०३/१३ गतेदेखी १४ गतेसम्म कृषि अनुसन्धान निर्देशनालय, लुम्ले, कास्कीमा सम्पन्न क्षमता अभिवृद्धि एवं वृत्ति विकास सम्बन्धी प्रशिक्षण कार्यक्रममा प्रशिक्षक तथा विश्वविद्यालयका अनुसन्धान निर्देशक डा. राज कुमार थापा प्रशिक्षण दिनुहुदै

क्षमता अभिवृद्धि एवं वृत्ति विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम

गण्डकी विश्वविद्यालयको आ.व. २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत विश्वविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु यहि मिति २०८२/०३/१३ गतेदेखी १४ गतेसम्म कृषि अनुसन्धान निर्देशनालय, लुम्ले, कास्कीमा सम्पन्न क्षमता अभिवृद्धि एवं वृत्ति विकास सम्बन्धी प्रशिक्षण कार्यक्रममा मुख्य प्रशिक्षक गण्डकी प्रदेशका प्रदेश लेखा नियन्त्रक श्री सुरेश सुवेदीलाई मायाको चिनो प्रदान गर्नुहुदै विश्वविद्यालयका कुलपति  प्रा. डा. इन्द्र प्रसाद तिवारीज्यू

क्षमता अभिवृद्धि एवं वृत्ति विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम

गण्डकी विश्वविद्यालयको आ.व. २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत विश्वविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु यहि मिति २०८२/०३/१३ गतेदेखी १४ गतेसम्म कृषि अनुसन्धान निर्देशनालय, लुम्ले, कास्कीमा सम्पन्न क्षमता अभिवृद्धि एवं वृत्ति विकास सम्बन्धी प्रशिक्षण कार्यक्रममा विश्वविद्यालयका कुलपतिज्यू, उपकुलपतिज्यू र रजिष्ट्रारज्यूसँगै अन्य सहभागीहरू सामुहिक तस्विर लिदै